Comments Add Comment

Advertisment

SKIP THIS

जीप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

१६ मंसिर , काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

दलदलेबाट डेडगाउँका लागि छुटेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जीप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै हिजो बेलुका दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा बुलिङटार–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटका ६७ वर्षीय मनसुभा बराल, बौदीकाली–२ डेढगाउँका केसरी दराई र यामबहादुर ठाडाको मृत्य भएको छ ।

घाइते भएका ८ जनाको भरतपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै