२१ वैशाख, काठमाडौं । सन् १९१० अगस्ट २६ मा जन्मेकी मदर टेरेसाको वास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो । उनले ४५ वर्षसम्म गरिब, बिरामी, अनाथ र मर्न मृत्यूशैयामा पुगेका मानिसहरूको सहयोग गरेकी थिइन् ।

भारतीय नागरिकता भएकी रोमन क्याथोलिक टेरसाले सन् १९५० मा कोलकत्तामा मिशनरीज अफ च्यारिटीको स्थापना समेत गरेकी थिइन् ।
सामाजिक र मानव कल्याण कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता टेरेसाले सन् २०१६, सेप्टेम्बर ९ मा सन्तको उपाधि समेत पाएकी थिइन् । यस्ता महान व्यक्तित्वका केही प्ररणादायी भनाईहरू यहाँ समेटिएको छः
१) यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
२) शान्ति मुस्कानबाट सुरूवात हुन्छ ।
३) हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउनोस्, यसैलाई मनाऔं ।
४)यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाऊ ।
५) सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६) विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७) हामीसँग शान्ति छैन । किनभने हामीले यो विर्सियौं कि हामी एक अर्काका लागि हौं ।
८) रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
९) यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
१०) प्रेम सबैले टिप्न सक्ने सदावहार फल हो ।
मदर टेरेसा तपाईं हामी सबैले सुनेको नाम हो । उनले आफ्नो जीवनकालमा गरेको कामका कारण आज पनि हाम्रो मनमस्तिष्कमा रहन सफल भएकी छन् । मदर टेरेसाले जिवन के हो रु जीवनलाई सफल पार्न के गर्नुपर्छ लगायतका विषयमा आफ्नो धारणा राखेकी छन् ।
प्रस्तुत छ मदर टेरेसाले जीवनलाई सार्थक बनाउन अपनाउनुपर्ने विषयका बारेमा राखेका धारणा
जीवन अवसर हो, सदुपयोग गर्नुहोस् जीवन सुन्दरता हो, प्रसंशा गर्नुहोस् जीवन खुसी हो, जम्मा गर्नुहोस् जीवन सपना हो, महशुस
गर्नुहोस् जीवन चुनौती हो, सामना गर्नुहोस् जीवन कर्तव्य हो, पुरा गर्नुहोस् जीवन खेल हो, प्रतिस्पर्धा गर्नुहोस्
जीवन प्रतिज्ञा हो, परीपूर्ण गर्नुहोस् जीवन गीत हो, मज्जाले गाउनुहोस् जीवन संघर्ष हो, स्वीकार गर्नुहोस्
जीवन दुःखान्त छ, सहन गर्नुहोस् जीवन शाहसिक छ, हिम्मत गर्नुहोस् जीवन भाग्य हो, निर्माण गर्नुहोस्
जीवन बहुमूल्य छ, कामयाबी बनाउनुहोस् जीवन एक जिन्दगी हो, यसका निम्ती लड्नुहोस् ।


