Comments Add Comment

भगवती काउण्टरका कर्मचारी बसपार्कबाट पक्राउ ; प्रमुख एसएसपी जनक भट्टराई

बैशाख २२, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने तथ्यलाई मनन गरि छड्के अनुगमनको लागी परिचालन भएको सादा पोशाकको टोलीले गंगबु नयाबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले, स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई पक्राउ गरेको पुष्टी गर्नु भयो ।

काठमाण्डौं देखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा निजले तीन हजार देखि चार हजारसम्म लिएको पाइएपछि हामीले नियन्त्रणमा लिएको बताउनु भयो । पक्राउ परेका सारुले बैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङ्गसम्म जान बढि भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ ।

पक्राउ परेका मिलनलाई आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै