२५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा २ हजार २७०, भक्तपुरमा ३८१ र ललितपुरमा ४६२ जनामा गरी कुल ३ हजार ११३ जना थपिएको जानकारी दिएको हो । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ४ हजार १०६ जनामा कोरोना पुष्टि भएको थियो ।

काठमाडौंमा २६ हजार ४२६, भक्तपुरमा ३ हजार ५४० र ललितपुरमा ५ हजार ७१२ गरी काठमाडौं उपत्यकामा ३५ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् ।