नेपाल मेडिसिटी अस्पतालले संक्रमणका जटिल स्थितिका विरामीहरुको नयाँ भर्ना नलिने -
Comments Add Comment

नेपाल मेडिसिटी अस्पतालले संक्रमणका जटिल स्थितिका विरामीहरुको नयाँ भर्ना नलिने

२८ वैशाख, काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले (कोभिड १९) संक्रमणका जटिल स्थितिका विरामीहरुको नयाँ भर्ना नलिने जानकारी गराएको छ । 

अस्पतालले मंगलबार सूचना जारी गर्दै तत्कालको परिस्थितिमा अक्सिजनको अभाव  भएको भन्दै भर्ना नलिने जानकारी गराएको हो।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्‍य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितिका विारमीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत विरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्‍ने व्‍यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै