Comments Add Comment

Advertisment

SKIP THIS

कोभिड संक्रमणको दर बढेसँगै अक्सिजनको अभाव ; नर्भिक इन्टरनेशनल अस्पताल

२९ वैशाख,काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड संक्रमणको दर बढेसँगै अक्सिजनको अभाव चरम बन्दै गएको बताएको छ।

उसले राज्यको अनुदार नीतिले समस्यालाई झन् बल्झाएको र तोकिएको कोटाअनुसार अक्सिजन उपलब्ध हुन नसकेको बताएको छ।

कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार विज्ञप्ति जारी गरी यो अवस्था जारी रहने हो भने अकल्पनीय घटना हुन सक्ने बताएका छन्।

उनले अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको सेवामा कमी हुन नदिने बताएका छन।

‘स्थिति हाम्रो काबुबाहिर नजाओस् भनी हामी प्रयत्नशील पनि छौं,’ उनले विज्ञप्तिमा भनेका छन्।

सिंहका अनुसार नर्भिकमा आफ्नै अक्सिजन प्लान्ट छ। त्यसले दैनिक ३५ देखि ३८ वटा ठूलो सिलिण्डरमा अक्सिजन उत्पादन गर्थ्यो।

उससँग जम्मा १५० बेड छन्। ती सबै अहिले कोभिड उपचारमा छन्।

कोभिड उपचार सुरू भएसँगै अक्सिजनको माग ह्वात्तै बढ्यो। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी०ले एक सय वटा ठूलो सिलिण्डर आपूर्ति गर्न पाउने भनी कोटा तोकिदिएको छ।

‘यो कोटाअनुसार हामीलाई अक्सिजन आएको छैन, अहिले कोभिडको प्राण भनेकै अक्सिजन हो, कोभिडका बिरामीलाई भयंकर अक्सिजन चाहिन्छ,’ सिंहले सेतोपाटीसँग भने।

अहिले नर्भिका १५२ जना बिरामी कोभिडकै छन्। १५० जना बेड र दुई जनालाई ह्विलचियरमा राखेर उपचार गरिरहेको सिंहले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै