३० वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकामा थपिए ३ हजार ५६२ कोरोना संक्रमित पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा गरी कुल ३ हजार ५६२ जना थपिएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ९२४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।