Comments Add Comment

Advertisment

SKIP THIS

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको पिडित भेटघाट कार्यक्रमको शुभारम्भ

विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “पीडित पुन: भेटघाट कार्यक्रम -२०८० कार्य योजना अनुसार पीडितहरुको घरदैलोमा पुगी भेटघाट गरी सुचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको छ ।

पाईलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरुबाट संचालन गर्ने कार्यबिधी अनुसार आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको समुपस्थितिमा सुनसरीको दुहवी नगरपालिका-२ स्थित पिडितको घरमा गई पिडितसंग छलफल तथा अन्तक्रिया गरी कार्यक्रमको शुभारम्भ गरिएको हो भने आजै बाट प्रदेश भरी अभियानको रुपमा उक्त कार्यक्रम संचालन गरिने छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पीडितहरुलाई न्यायको अनुभुति दिलाउने उदेश्यले उक्त भेटघाट कार्यक्रम संचालन गरिएको हो । पीडित पुन भेटघाट कार्यक्रममा बिभिन्न अपराधिक ब्यक्तिहरुबाट पीडित हुन पुगेका उनिहरुलाई कार्यक्रम मार्फत भेटघाट गरी व्यक्तिगत सुरक्षा, पिडक पक्षबाट हुने संभावित दवाव, न्यायिक प्रगति विवरण तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडितले प्राप्त गर्ने विभिन्न अधिकारको जानकारी दिइएको तथा यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन गरिने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो ।

अपराधबाट सृजित असहजतामा पीडितले भोग्नु परेको पीडा र ब्यहोर्नु परेको क्षतिलाई राहतमा परिणत गर्नु, पीडालाई न्यून गर्नु, पीडितलाई Hostile हुनबाट रोक्नु र अपराधको पुनः सम्भावनालाई निरुत्साहित गर्नुका साथै पुर्णरूपले फैसला कार्यान्वयन नहुन्जेल तथा कार्यान्वयन पश्चात पनि पीडित र प्रहरी बीच निरन्तर सम्पर्क, समन्वय र सहयोग गर्ने उदेश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले “पीडित पुन: भेटघाट कार्यक्रम संचालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै