Comments Add Comment

Advertisment

SKIP THIS

३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोनाको संक्रमण पुष्टि

३० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३० ३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २०६१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण

०-९ वर्ष – २०८
१०-१९ वर्ष – ६२५
२०-३० वर्ष – ६०३                                                                                                                                                                                ३०-३९ वर्ष – २०६१
४०-४९ वर्ष – १६००
५०-५९ वर्ष – १२०७
६०-६९ र्ष – ३१९                                                                                                                                                                                  ७०-७९ वर्ष – ३१९
८०-८९ वर्ष – ९७
९०-१०० वर्ष- १९
अज्ञात – ५४

कुन जिल्लामा कति थपिए

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा २३, ओखलढुंगामा २, खोटाङमा २, झापामा २५८, ताप्लेजुङमा १८, धनकुटामा १७, पाँचथर २, भोजपुरमा १०, मोरङमा ३५८, संखुवासभामा ५४, सोलुखुम्बु १० र सुनसरी २२१ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २०४, पर्सामा ९९, बारामा २१, महोत्तरीमा ८५, रौतहटमा ६६, सप्तरीमा ९२, सर्लाहीमा २३ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७३३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १६०, चितवनमा २९३, दोलखामा ७, धादिङमा ७८, नुवाकोटमा २१, भक्तपुरमा ३४८, मकवानपुरमा ६, रसुवामा ११, रामेछापमा ६७, ललितपुरमा ४८१, सिन्धुपाल्चोकमा ७४ र सिन्धुली ४५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २३७, गोरखामा ९२, तनहुँमा ३१, नवलपरासी पूर्वमा १२९, पर्वत ५, म्याग्दी ५, लमजुङमा ११, बागलुङमा ८ र स्याङजामा २२ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २६, कपिलवस्तुमा ५३, गुल्मीमा १३, दाङमा २१७, नवलपरासीमा ३५, पाल्पामा ६२, प्यूठानमा २४, बर्दियाका ४४, बाँकेमा २५२, रुपन्देहीमा ५११ र रोल्पामा ६३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २४, जाजरकोटमा ५, जुम्ला १४, डोल्पा २, दैलेखमा ३४, रुकुम पश्चिममा ४२, सल्यानमा १४३, सुर्खेतमा १५९ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४९, कञ्चनपुरमा १८२, कैलालीमा ३७०, डडेल्धुरामा ३८, दार्चुला १३, बझाङमा ४, बाजुरामा २ र बैतडीमा ८९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै