४ जेठ, काठमाडौ । पछिल्लो २४ घण्टामा मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ का ५१५ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको हो । सबैभन्दा बढी बागमती प्रदेशमा ३ हजार ९२१ जना कोरोना संक्रमित थपिएका छन् भने गण्डकी प्रदेशमा ६५० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४३ जना नयाँ संक्रमित थपिएका छन् । कर्णाली प्रदेशका जिल्लामा ४५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशका ९ मध्य ६ जिल्लामा गरी ३१६ जना नयाँ संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।