Comments Add Comment

Advertisment

SKIP THIS

११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत


६ जेठ, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नेकपा९एमाले० संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा कृष्णप्रसाद ओली, डा उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो ।

शपथ ग्रहणपछि डा कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेको उनका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै