Comments Add Comment

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

२१ जेठ , काठमाडौ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ३, कैलाली २, बझाङ्गमा १, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४३ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४९ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टि भएका मध्ये ४ जनाको मृत्य ४ भएको छ । त्यस्तै १ हजार १ सय १९ जनामा पीसीआर परीक्षण गर्दा २ सय १७ मा संक्रमण पुष्टी भएको छ ।

जसमध्ये ४ जना को मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । अहिलेसम्म प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै