Comments Add Comment

प्रतिनिधि सभाको आजको दोस्रो बैठकबाट चुनिँदै उपसभामुख (कार्यसूचीसहित)

३१ असार , काठमाडौं । आज प्रतिनिधि सभाका दुई बैठक बस्ने भएका छन्।

संयीय संसद् सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक दिउँसो ३ बजे बस्नेछ।

पहिलो बैठकमा नागरिकता विधेयकमाथिको छलफल हुनेछ भने दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूची छ।

दोस्रो बैठकको सुरुमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरूङले उपसभामुखमा पुष्पा भुसाललाई निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। उनको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले समर्थन गर्ने कार्यसूची रहेको छ।

यस्तै नेकपा एमालेकी सांसद शान्ता चौधरीले उपसभामुखमा विद्या भट्टराईले निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछिन्।

उनको प्रस्तावलाई कृष्णभक्त पोखरेलले समर्थन गर्ने कार्यसूची रहेको छ। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गर्नेछन् ।

सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराई उपसभामुखको लागि भिड्दैछन्।

हेर्नुहोस् कार्यसूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै