Comments Add Comment

Advertisment

SKIP THIS

गोरखाका प्रहरी नायव निरीक्षक मिलन पन्थ BEST POLICE OF THE MONTH घोषित

१० चैत , काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने गरिएकोमा फाल्गुन महिनामा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीको रुपमा जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन पन्थलाई पुरस्कृत गरिएको छ ।

प्रहरी नायव निरीक्षक मिलन पन्थले गोरखा प्रहरीले कार्यालयको एरियामा घटेका विभिन्न प्रकृतिका अपराधहरुमा तदारुकताका साथ खटिई गई घटनाहरुको सुक्ष्म रुपमा अनुसन्धान गरी सबुत प्रमाणहरु संकलन गर्ने, सबुत प्रमाणहरु परीक्षणको लागि पठाउने, अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउनको लागि अहम भूमिका निर्वाह गर्नुका साथै २०७८/११/२४ गते बेलुकाको समयमा गोरखा जिल्ला वडा नं.९ लक्ष्मीबजार स्थित राजाराम कुँवरको कुखुरा फर्ममा ठिंगुरेस्वाँरा बस्ने शिवराम सिं बस्नेत मार्फत कुखुरा बेच्ने क्रममा जिल्ला पर्सा, पर्सागढी नगरपालिका वडा नं.२ बस्ने बर्ष ३७ को नरेश ओझैया र सोही स्थानमा बस्ने बर्ष ४१ को देवेन्द्र खवासले डिजिटल तराजुमा रिमोट मार्फत सेटिङ गरेर कुखुराको तौलमा ठगी गरेको घटनामा उक्त डिजिटल तराजु र रिमोट सहित निजहरु नरेश ओझैया र देवेन्द्र खवासलाई तत्काल पक्राउ गर्न सफल भएको थियो ।

साथै उनले बिभागले तोकिएको जिम्मेवारी ईमान्दारी, वफादारीका साथ त्रुटी रहित तवरले विभागीय नीति निर्देशन अनुरुप कुशलता पूर्वक कार्य सम्पादन गर्दै आई रहेकोले मिति २०७८/१२/०८ गते एक कार्यक्रमका बीच निजलाई जिल्ला प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनालले प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद रु.१,०००।-  पुरस्कार सहित २०७८ साल फाल्गुन महिनाको उत्कृष्ट प्रहरी BEST POLICE OF THE MONTH घोषणा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै