Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२२ माघ, काठमाडौ । कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमवार बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु।४ त ५१११ नम्बरको ट्याक्टरले लु ५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारूको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको बुद्धपोलिक्लिनिक गोरुसिंगेमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment