Comments Add Comment

Advertisment

SKIP THIS

विश्वकप छनोटमा ब्राजिलले इक्वेडरविरूद्ध सहज जित

२२ जेठ , काठमाडौ । फिफा विश्वकप छनोटमा ब्राजिलले इक्वेडरविरूद्ध सहज जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोलले हराएको हो । ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एकरएक गोल गरे ।

६५औँ मिनेटमा रिचार्लिसन र इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २(० को जित दिलाएका हुन् । विश्वकप छनोटमा लगातार पाँचौं जित निकालेको ब्राजिलले ५ खेलमा १५ अंक जोडेको छ ।

ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ । इक्वेडर ९ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै