Comments Add Comment

उदयपुरको चनौटमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

उदयपुरको कटारी नगरपालिका– १४ भदौरेस्थित चनौटमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना‍ ८ ख ८२९७ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको खुलेको छ। ट्रक सडकबाट करिब एक सय मिटर खसेको छ। प्रहरीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै