Comments Add Comment

Advertisment

SKIP THIS

ओली बसेको होटलमा आकांक्षीहरूको भीड

१२ मंसिर , काठमाडौ । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसनले अध्यक्ष केपी शर्मा ओली बसेको होटल पार्क सफारी रिसोर्टभित्र र बाहिर चहलपहल बढेको छ ।

अध्यक्ष ओलीलाई भेट्न नेताहरु होटल भित्रने क्रम चलिरहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्वमाओवादीको टोली अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिएको छ । बन्दसत्र सुरु हुनुअघि नै उनीहरूले आफ्नो पक्षका माग लिएर छलफलका लागि गएका हुन् ।

यसअघि ओली निकट नेताहरूले पनि ओलीसँग आइतबार बिहानै छलफल गरिसकेका छन् । विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरूले ओलीसँग भेटेर आफ्नो अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै