Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्छ : प्रचण्ड

९ साउन , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका छन्।

नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका हुन्।

‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गार्‍हो छ’, प्रचण्डले भने, ‘एउटा गाउँपालिकाको अध्यक्ष बन्न १० करोड खर्च गरेको सुनिएको छ । गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५०औँ करोड खर्च गर्नुपर्ने भयो । यस्तो निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भड्खालोमा लैजान्छ ।’

प्रत्यक्ष र समानुपातिक गरी हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको तर्क गरेका प्रचण्डले ‘चुनाव जित्ने बित्तिकै असुलीमा लाग्ने’ भएकाले भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै