माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै -
Comments Add Comment

माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै

२२ जेठ , काठमाडौ । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज बस्दै छ ।

केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग आज छलफल गर्दैछन् ।

यसैक्रममा आज बिहान ११ बजेदेखि समानान्तर कमिटीमा रहेका जिल्लाका पदाधिकारीहरूसँग भर्चुअल रूपमा छलफल गर्न लागिएको हो ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै