Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी उपाध्यायद्वारा लुम्बिनी प्रदेश अन्तर्गत कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई निर्देशन

लुम्बिनी प्रदेशका प्रमुख डिआईजी नल प्रसाद उपाध्यायले समाजमा शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रदेश प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गरे । उनले आफ्नो मातहतका प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा गत बुधबार आयोजित एक कार्यक्रममा प्रहरी नायब महानिरीक्षक नल प्रसाद उपाध्यायले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।

डिआईजी उपाध्यक्षले सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रदेश प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

डिआईजी उपाध्यायले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवम् निष्पक्ष रुपमा सम्पन्न गराउन लुम्बिनी प्रदेशमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूले आ-आफ्नो तर्फबाट पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । सबै प्रहरी कर्मचारीहरू दरिलो हुन र निर्धक्क भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयहरुले एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक,जिल्लाका एसपीहरू, डिएसपी लगायतको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै