२५ जेठ, काठमाडौ । मोरङ र ओखलढुङा भएका दुई छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारी चट्याङ लागी एक जनाको मृत्यु भएको छ भने ओखलढुङा पानीमा डुबी अर्को एक जनामो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ बेलबारी नगरपालिका ५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको हो ।
सोमबार बेलुका साढे ७ बजे घरको बरन्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ का २५ वर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ ।
सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसँग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।