२८ जेठ, काठमाडौ । सोलुखुम्बुमा करेन्ट लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेमा क्रेन बोकेर पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमालोवेट चालक बडीगङ्गा गाउँपालिका-५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै सहचालक मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीय लीला परियार सामान्य घाइते भएको बताइएको छ ।