९ असार, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काठमाडौ जिल्ला समितिले सिन्धुपाल्चोक मेलम्ची र हेलम्बु लगायतका क्षेत्रमा बाढीपहिरो मा परेकाहरुलाई घर छाउने जस्ता-पाता सहित राहत बितरण गरेको छ । 

बितरण गर्नेमा काठमाडौ (माओवादी केन्द्र )का अध्यक्ष हिमाल शर्माको नेतृत्व को पुन्य काम भएको हो । सिन्धुपाल्चोकमा बाढीपहिरोले ठुलो मात्रामा जन-धनको क्षेती भएको छ यसै बिच काठमाडौ जिल्ला समिती नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )ले आफ्ना कार्यकर्ताहरु बिच एक आपसमा सहयोग जुटाएर सिन्धुपाल्चोक को कठिन घडीमा सहयोग गरेको हो ।

हिमाल शर्मा का अनुसार , सिन्धुपाल्चोक र हेलम्बु मा यस्तो अवस्था हुदा हामीले र हाम्रो पार्टी ले सकेको सहयोग गर्ने छौ हामी हाल पनि जस्ता-पाता ३० बन्डल , २०० बोरा चामल ,सोलार २३० पिस, माक्स १० हजार पिस, सेनिटाईज २०० पिस,केहि चान लत्ताकपडा,म्याटेरेस,साथै २ लाखको चेक पनि धेरै थोरै हस्तान्तरण गरेका छौ ।