२३ असार ,काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा आज ३ जनाको मृत्यु भएको छ ।

विगत केही दिन अघिदेखि शून्य मृत्युदर रहेको कर्णालीमा आज पुनः तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने जुम्ला, रुकुम पश्चिम र सुर्खेतमा १र१ जना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ३३५ पुगेको छ । यस्तै आज प्रदेशभर ६१ जना नयाँ संक्रमित थपिएका छन् ।

८६ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २८ जना र १८२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज प्रदेशभर ८४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ५४ मा झरेको छ ।