Comments Add Comment

Advertisment

SKIP THIS

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता

२ श्रावण , काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

शनिबार नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यान्वयनमा जुटेका बेला प्रचण्डले नेपाललाई भेटेका हुन् ।

पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ ।

गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment