Comments Add Comment

Advertisment

SKIP THIS

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो पुरूष फुटबलमा स्वर्ण

२३ साउन , काठमाडौ । ब्राजिलको यु-२३ टिमले टोकियो ओलम्पिकअन्तर्गत पुरूष फुटबलमा स्वर्ण जितेको छ।

शनिबार जापानको टोकियोमा भएको फाइनल खेलमा स्पेनलाई २-१ गोलले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक रक्षा गरेको हो।

यसअघि ब्राजिलले रियो ओलम्पिक २०१६ मा पनि पुरुष फुटबलमा स्वर्ण जितेको थियो।

ब्राजिलले शनिबार अतिरिक्त समयमा जित निकालेको हो।

पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलका माथेअस कुन्हाको गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

६१ मिनेटमा स्पेनका मिकेल ओयार्जाबालले बराबरी गोल फर्काउन सफल भए।

अतिरिक्त समयमा ब्राजिलका सब्स्सिच्युट खेलाडी माल्कोनले गोल गरेका थिए। उनले १०८ मिनेटमा गोल गरेका थिए।

त्यसअघि खेलको ३८ मिनेटमा ब्राजिलका रिचार्लीसन प्राप्त पेनाल्टीमा गोल गर्न असफल भएका थिए। उनको प्रहार क्रसबारमा लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment