Comments Add Comment

Advertisment

SKIP THIS

खोलाले बगाइरहेको अवस्थामा एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार

२८ साउन ,काठमाडौ । भुम्लु गाउँपालिका १० स्थित ईन्द्रावती खोलाले बगाइरहेको अवस्थामा एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका स्थायी घर भई काभ्रेको धुलिखेल नगरपालिका डेरा गरी बस्ने २५ वर्षीया रितु तामाङ्गलाई ग्याविन भर्ने क्रममा खोलाले बगाएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेबाट सशस्त्र प्रहरी नायव निरीक्षक हरीप्रसाद लम्सालको कमाण्डमा खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई उपचारको लागि दोलालघाट पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै