३२ साउन , काठमाडौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा प्रहरी निरीक्षक अमृत बहादुर बस्नेत आए सङै ट्राफिक प्रहरीको कामकारबाहीमा पुरै परिवर्तन आयको छ ।

दुई पाङ्ग्रे सवारी साधनहरूको स्वरूप परिवर्तन तथा ध्वनि प्रदूषण गरी तीव्रगतिमा लापरवाही तबरबाट चलाउने उपर कास्की ट्राफिक प्रहरीले कारबाही थालेको छ ।

ट्राफिक प्रहरी प्रमुख अमृत बहादुर बस्नेतले कास्की ट्राफिकको जिम्मेवारी समालेको झण्डै ३ महिना पुगे सङै सवारी नियम उल्लंघन गर्ने विरूद्ध अभियानकै रूपमा कारबाही गर्दै आएको बताए उनले भनेर दुई महिनायता यस्तो कार्य अन्तर्गत करिब दुई सयको हाराहारीमा मोटरसाइकल कारबाहीमा परिसकेका छन् ।’

बाइकको स्वरूप परिवर्तन गरी चलाउने, आवाज निकाल्ने, जिकज्याक र लेन अनुशासनविपरीत सवारी साधन चलाउने ७ वटा बुलेट बाइक, ११ वटा क्रसफायर बाइक र अन्य मोटरसाइकल ८ वटालाई नियन्त्रणमा लिई कारबाही गरिएको बताए ।
सवारी नियम उल्लघंन गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियानको रूपमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरीले शनिबार २६ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही थालेको हो । सात वटा बुलेट, ११ वटा क्रसफायर तथा अन्य ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। यस्ता मोटरसाइकलले चर्को आवाज निकाल्ने र त्यसबाट सर्वसाधरण आजित हुँदै आएका थिए । कास्की प्रहरीको यो अभियानको सर्वसाधरणले प्रशंसा गरेका छन् ।







