Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तानबाट नेपाली फर्काउन पूर्ण सहयोग गरेका छौँ : अमेरिकी दूतावास

१ साउन , काठमाडौ । अमेरिकाले अफगानिस्तानबाट नेपालीहरुलाई छाड्ने कार्यमा पूर्ण सहयोग गरेको जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत काबुलस्थित अमेरिकी मिसनमा कार्यरत सबै नेपालीहरूलाई अफगानिस्तान छोड्ने कार्यमा अमेरिकाले पूर्ण सहयोग गरेको जनाएको हो ।

आज बिहान मध्यपूर्व हुँदै पहिलो उडानमार्फत नेपाल आइपुग्नुहुने नेपालीहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको दूतावासले जनाएको छ ।

दूतावासको फेसबुकमा लेखेको छ, ‘यो हाम्रो लागि सम्मानको विषय हो। तपाइँहरू सबैको सेवाको लागि हामी सदैव कृतज्ञ छौं। धेरै धेरै धन्यवाद।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै