Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले ९ लाख ४० हजार बराबरको अबैध ४४ वटा खसी पक्राउ

.(सागर थापा)

३ भदौ , काठमाडौ ।  भारतबाट ल्याउँदै गरेका साढे ९ लाख मूल्य बराबरको खसी बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति ११ बजेतिर खजुरा गाउँपालिका वडा नं. ८ चमकदारपुरबाट ४४ वटा खसी नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १४ का २० बर्षीय दीपक रानाले चलाएको भे १ क १२४३ नम्बरको मिनी ट्रक चेक जाँचको क्रममा भन्सार छलेर ल्याइएका ४४ वटा खसी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

नियन्त्रणमा पछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाएका ती खसीको अन्दाजी मूल्य ९ लाख ४० हजार बराबर रहेको बाँके प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै