Comments Add Comment

Advertisment

SKIP THIS

“आगो ताप्नू मुढाको, कुरा सुन्नू बुढाको” : ज्येष्ठ नागरिकलाई भत्तामा १० प्रतिशत थपेर उपलब्ध

१३ भाद्र , काठमाडौ । ‘आगो ताप्नू मुढाको, कुरा सुन्नू बुढाको’ भन्ने उखान नेपाली जनजिब्रोमा प्राचीनकालदेखि नै चल्दै आएको छ ।

उखानमा भने जस्तै पछिल्ला समयमा ज्येष्ठ नागरिकका अनुभव पछिल्ला पुस्ताले आत्मसात् गर्नेक्रम पनि बढ्दै गएको छ भने विगतमा जस्तो ज्येष्ठ नागरिक हेलत्व हुनेक्रम क्रमशः घट्दै गएको छ ।

संविधानमा नै ज्येष्ठ नागरिकका हकहितका विषय उल्लेख गरिनु र उनीहरूको सामाजिक सुरक्षाका विभिन्न विषयमा कानूनतः नै सम्बोधन भएपछि यतिखेर ज्येष्ठ नागरिकले निर्धक्कसँग आफ्ना कुरा घरपरिवार तथा समाजमा राख्ने अवस्था पनि सिर्जना भएको छ । संविधानतः ज्येष्ठ नागरिकको हकहितका विषयलाई मौलिक हकका रुपमा उल्लेख गर्दै नेपालको संविधानको भाग ३, धारा ४१ मा “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ”, भनिएको छ ।

संविधानतः नै ज्येष्ठ नागरिकका मौलिक हक सुनिश्चित गरिनाका साथै ज्येष्ठ नागरिक ऐन तथा त्यससँग सम्बन्धित कानून बने पनि कार्यान्वयन पक्ष भने अझै प्रभावकारी बन्न नसकेको गुनासो आउने गरेको राधाकृष्ण वृद्धाश्रम पोखरा–३२ का अध्यक्ष प्रेम लिगलले बताए । उनका अनुसार सामाजिक सुरक्षाभत्ताअन्तर्गत ज्येष्ठ नागरिकले मासिक रु तीन हजार पाउँदै आएका छन् । पोखरा महानगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई भत्तामा १० प्रतिशत थपेर उपलब्ध गराउँदै आएको छ । ज्येष्ठ नागरिकका लागि चालू आर्थिक वर्षमा रु एक हजार सामाजिक सुरक्षा भत्ता थप भएको उनले जानकारी दिए ।

स्वास्थ्य, यातायातलगायत क्षेत्रमा सहुलियत दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकलाई परिचयपत्र उपलब्ध गराए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको अध्यक्ष लिगलले बताए । “यातायातका क्षेत्रमा ज्येष्ठ नागरिकलाई सहुलियत दिने विषयको कार्यान्वयनका लागि यातायात व्यवस्था कार्यालयले सम्बन्धित यातायात समितिसँग नै पहल गर्नुपर्ने देखिएको छ”, उनले भने ।

अध्यक्ष लिगलका अनुसार पछिल्लो समयमा संविधानमा नै ज्येष्ठ नागरिकको हकलाई मौलिक हकका रुपमा उल्लेख गरिनाका साथै ज्येष्ठ नागरिक लक्षित कानून बन्दा गाउँ, समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मान तथा व्यवहारमा पनि परिवर्तनको आभास पाइएको छ ।

नेपालमा २०६३ सालमा ज्येष्ठ नगारिक ऐन आयो, त्यसपछि २०६८ मा नियमावली बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै