१३ भाद्र , काठमाडौ । काभ्रेपलाञ्चोक जिल्लामा बर्षाको कारण रोशी गाउँपालिका वडा नं.०७ कटुन्जे स्थित बि.पि. राजमार्ग सडक खण्डमा पहिरो गई ढुंङ्गा माटो खस्दा महोत्तरी रामगोपालपुर घर भएका बर्ष २८ का सरोज कुमार साह मोटरसाईकल चालकको मृत्यु भएको छ ।

काठमाण्डौबाट जनकपुरतर्फ जाँदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाईकलमा ढुंङ्गाले लाग्दा मोटरसाईकल चालक र सो पछाडी सवार यात्रु बर्ष ३० को सतिस कुमार साह सख्त घाईते भएको छन् ।
तत्कालै उपचारको लागि बिपद व्यवस्थापन उद्धारमा खटिएको प्रहरी टोली र स्थानियहरु मानिसहरु समेतको सहयोगमा धुलिखेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा घाईते मध्ये चालकको मृत्यु भएको अर्का घाईतेको उपचार भईरहेको जानकारी आएको छ ।

पहिरोको कारण अबरुद्ध सडक बिपद् व्यवस्थापन उद्धारमा खटिएको प्रहरी टोली, स्थानिय र सरोकारवाला निकायहरुको पहलमा हटाई सवारी सुचारु रहेको थियो ।
त्यसै गरी अरनिको राजमार्ग स्थित धुलिखेल नगरपालिका स्थित तिरतिरे धारा, पाँचखाल नगरपालिका स्थित खाँवा केराघारी, हनुमानगढी स्थित सडक खण्ड आसपासको रुखहरु ढली र पहिरो आई अबरुद्ध भएको सडक यस कार्यालय समेतबाट खटिएको बिपद् व्यवस्थापन उद्धारमा खटिएको प्रहरी टोली, स्थानिय र सरोकारवाला निकायहरुको पहलमा हटाई दुबै तर्फ सवारी सुचारु गराइएको छ । ।
धनुषा रामानन्धचोक घर भएका बर्ष ३० को सतिस कुमार साह ९मोटरसाईकल पछाडी सवार घाईते उपचारार्थ० ।






