१ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी श्याम ज्ञवालीले जिल्ला प्रहरी कार्यालय ईलामको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ ।

निर्देशनको क्रममा डिआईजी ज्ञवालीले
नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले डिआईजी श्याम ज्ञवालीले समक्ष ईलाम जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन,भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनुभएको थियो ।





