Comments Add Comment

Advertisment

SKIP THIS

लादेनले अमेरिकामा किन आक्रमण गरे ?

२६ भाद्र काठमाडौ । ११ सेप्टेम्बर, २००१ मा अमेरिकाले इतिहासकै सबैभन्दा ठूलो विदेशी आतङ्ककारी हमलाको सामना गर्नुपर्यो ।

अल कायदाले यो हमला गरेको थियो । बिन लादेन र आक्रमणको योजना बनाउनेहरुका लागि यो केवल आक्रमणमात्रै थिएन । उनीहरुका लागि यो ठूलो लक्ष्यको एउटा सुरुवाती चरणमात्रै थियो ।

त्यस्तो परिवर्तनकारी हिंसाको सुरुवाती चरण जसले नयाँ ऐतिहासिक युगतर्फ निर्देशित गर्नसक्थ्यो ।

धर्मबाट प्रेरित भएपनि बिन लादेनको लक्ष्य भूराजनीतिक थियो । तत्कालीन विश्व व्यवस्थालाई हटाउने र धर्मका आधारमा सबै मुस्लिमहरुलाई जोडेर साझा धार्मिक–राजनीतिक व्यवस्था, जसलाई ‘उम्मा’ भनिन्छ, पुनस्र्थापित गर्ने मिशनमा अलकायदा थियो । लादेनकै शब्दमा ‘निर्णायक धक्का’ दिएर यस्तो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उनको विश्वास थियो ।

यस्तो धक्काले मुस्लिम बाहुल्य राज्यबाट सैनिक निकाल्नका लागि अमेरिकालाई बाध्य बनाउनेछ र जिहादीहरुलाई आफै आफ्ना तानाशाही सरकारविरुद्ध लड्न खुला मैदान मिल्नेछ भन्ने लादेनलाई लागेको थियो ।

अमेरिकी सेनाले २०११ मेमा बरामद गरेका लादेनका दस्तावेजहरुमा विश्वलाई हेर्ने उनको दृष्टिकोण र सेप्टेम्बर ११ को हमला समावेश छ । पाकिस्तानी शहर अबोट्टावादस्थित लादेन लुकेर बसेको घरमा घेरा हालेर अमेरिकी सेनाले उनलाई २ मे, २०११ मा मारेको थियो ।

त्यसपछिका वर्षहरुमा अमेरिकी सरकारले केही दस्तावेजहरु बिस्तारै सार्वजनिक गर्दै गयो, तर धेरैजसो दस्तावेजहरु गुप्तचरकै नियन्त्रणमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment