२७ भाद्र काठमाडौ । एकै परिवारका ६ जनाको ह’त्या आरोपी लोकबहादुर कार्कीलाइ सार्बजनिक गरिएको छ ।
प्रहरीले मादी ह’त्या’काण्डमा सं’लग्न अ’भियुक्तलाई भर्खरै सार्वजनिक गरेको हो । प्रहरीले एकै परिवारका ६ जनाको ह’त्या गर्ने लोक बहादुर कार्कीलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

परिवार नै सखाप हुने गरी भएको सो ह’त्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण श’क्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिन सम्म सा’मूहिक ह’त्यामा सं’लग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन ।ह’त्या’रा भने अनुसन्धानमा ख’टेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घु’लमिल थिए ।
उनी थिए मृ’तक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की। शुक्रबार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखिनै प्रहरीले श’ङ्काको घेरामा राखेको थियो । तर ठो’स प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन ।
अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परे ।तेजबहादुरको श’व सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्तिसमेत उनै लोकबहादुरले हुन् । घ’टनाको रिपोर्टिङका लागि पुग्नेहरू पत्रकार तथा स्थानीयले उनलाई खोजे । उनले घटनाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन् ।





