Comments Add Comment

Advertisment

SKIP THIS

लोकबहादुर कार्कीले आफ्नै बन्धु परिवारको ह‘त्या गरेको पुष्टि

२८ भाद्र काठमाडौ । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङका कार्की परिवारको घटनामा सं’लग्न एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले छिमेकी २६ बर्षीय लोकबहादुर कार्कीले आफ्नै बन्धु परिवारको ह’ ‘त्या गरेको पुष्टि गर्दै पक्राउ गरेको हो । पक्राउ पर्ने कार्कीले आफैले ६ जनाको ह’ ‘त्या गरेको स्वीकारेको अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिकारीले जानकारी दिनुभयो ।

कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मा’रेको स्वीकारेको प्रहरीले जनाएको छ । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हे’पेर बोली ब्यावहार गरेकोले ज्या’न लिएको कार्कीले स्वीकार गरेको बताईएको छ ।

तेजबहादुरको ह’ ‘त्या गर्ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको ह’ ‘त्या गरेको उनले स्वीकारेका हुन् ।२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताउनुभयो ।

‘म’रेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहि पारा हो भने त मेरो पनि ज्या’न जोखिममा रहेछ’, थापाले भन्नुभयो ।गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । ह’ ‘त्या गरिएको तेजबहादुरको घरमा उनको आमा बे’हो’स भएपछि उपचारको क्रममा झापामा मृत्यू भएको थियो ।

उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् ।ह’ ‘त्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा ल’डि’र’हेको देख्ने पहिलो व्यक्ति भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै