Comments Add Comment

Advertisment

SKIP THIS

सुमेरू ग्रुपद्वारा ट्राफिक प्रमुख (एसएसपी) जनक भट्टराईलाई First Aid Pouch bag हस्तान्तरण

.(ईश्वर दुलाल)

४ असोज , काठमाडौ । सुमेरू ग्रुपद्वारा काठमाडौ उपत्यकाका भरीका सम्पूर्ण ट्राफिक कर्मचारीलाई (१६५० वटा) First Aid Pouch bag हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहापथमा आयोजित एक कार्यक्रमबीच सुमेरू ग्रुपका अध्यक्ष भरत महर्जनले ट्राफिक प्रमुख(एसएसपी)जनक भट्टराईलाई उक्त First Aid Pouch bag हस्तान्तरण गर्नुभएको हो । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरिक्षक नरेश बहादुर शाहीको विशेष पहलमा सुमेरू ग्रुपले उक्त कार्यक्रम सन्चालन ल्याएको हो ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै मानव कल्याणका निमित्त निस्वार्थ भावमा संलग्न भई गरिएको उदाहरणीय सामाजिक तथा मानवीय सेवाको प्रशंसा गर्दै यस मानवीय पुनीत कार्यमा सहकार्य गर्ने मौका मिलेकोमा गौरवको महसुस भएको बताउनुभयो ।

आपत विपद्‍को समयमा मानवीय सेवा महत्वपूर्ण हुने र सो प्रहरी सेवाको दायित्व समेत रहेको चर्चा गर्दै आगामी दिनमा समेत आपसी सहयोग आदान प्रदान गर्न तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष भरत महर्जनका अनुसार “ट्राफिक प्रहरीलाई सेनिटाइजर, डायरी कलम, आदी स्वास्थ्य साम्रगाीहरु सुमेरु अस्पतालले विभिन्न उपत्यकामा हुने आकस्मिक दुर्घटना लाई प्राथामिक उपचारमा हुने न्युनिकरण प्रवाबकारीमा सहजता बनाउन अस्पतालले सहयोग गरेको छ ।”

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक सन्जीव शर्मा, प्रहरी नायब उपरीक्षक सन्तोष रोका लगायत प्रहरी अधिकृतहरु तथा विभिन्न व्यक्तित्व तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै