Comments Add Comment

Advertisment

SKIP THIS

दैलेखमा अरिङ्गालको टोकाइबाट शाहीको मृत्यु

९ असोज , काठमाडौ । दैलेखमा अरिङ्गालको टोकाइबाट पुरुषको ज्यान गएको छ।

जिल्लाको ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए।

समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेको बताइएको छ।

सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो। तर ढिला भएसकेकाले उनको निधन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै