किशोर सुब्बाको निर्देशन फिल्म ‘थेत्लङ्’ को विषेश प्रदर्शन अमेरिकामा हुने -
Comments Add Comment

किशोर सुब्बाको निर्देशन फिल्म ‘थेत्लङ्’ को विषेश प्रदर्शन अमेरिकामा हुने

१३ असोज , काठमाडौ । किशोर सुब्बाको निर्देशन रहेको फिल्म ‘थेत्लङ्’ को विषेश प्रदर्शन अमेरिकामा हुने भएको छ ।

किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष पहलमा फिल्मको विषेश शो आयोजना हुन लागेको हो । १४ नोभेम्बर २०२१ फिल्मको विषेश शो ग्यालजुङ्ग हल युएसएमा राखिएको निर्देशक सुब्बाले बताए ।

ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म सिक्किमका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको हो ।

फिल्ममा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंङ्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुङ्ग, सुखवीर लिम्बु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । मनि ताम्लिङ् र विराज लिम्बु निर्माता रहेको फिल्ममा दिनेश लिम्बुको नृत्य, कुल्बा सुब्बाको संगीत छ । फिल्मले लिम्बु जातीको एक परम्परा कथाको रुपमा उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै