
१४ असोज , काठमाडौ । १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सीले आज जिल्ला प्रहरी कार्यालय ईलामको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई समयानुकुल व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।


प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन नं.१ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सीले जिल्ला प्रहरी कार्यालय ईलामबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।


निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सीले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

साथै, नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा खटिई प्राप्त जिम्मेवारी पूरा गर्न कति पनि विचलित हुन नहुने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ(आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो ।





