
१७ असोज , काठमाडौ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ ।

गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो । तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो ।

पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ । नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो ।

काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा योजना सार्वजनिक गरेपनि नाकामा चेकजाँच कडा पारिएको छैन् ।

गोदाम सञ्चालकले दसैँपछि बेच्नेगरी सो पटाका भारतबाट मगाएर स्टोर गरेर राखेको महाशाखाका एक अधिकृतले न्युज24ग्यालेक्सीलाई बताए ।







