Comments Add Comment

आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने श्रीमान् पक्राउ

२३ असोज , काठमाडौ । आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका १ चामबोटे का ४६ बर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

हिजो राती सँवा ८ बजे घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाईते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाक धम्की दिएका थिए ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाईते जुनालाई उपचारको लागी स्थानिय मेडिकल ओख्रेमा पठाईएको थियो । घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाईएको हो ।

घटनस्थलबाट भरुवा बन्दुक, कोदालो सहित बरामद गरेको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद