Comments Add Comment

Advertisment

SKIP THIS

पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक उपप्रध्यापक पक्राउ

६ कार्तिक , काठमाडौ । पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् ।

जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम-८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाको दाबी छ । बालिकाको यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् । प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै