Comments Add Comment

Advertisment

SKIP THIS

भीम रावललाई ओलीको सन्देश: लेखराज भट्टलाई छाड्न सकिँदैन

९ कार्तिक , काठमाडौ । दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे ।

चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् ।

नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैँमा अर्थपूर्ण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षदेखि नै ओली र भट्ट सँगसँगै थिए । यती एयरलाइन्सको जहाजबाट पूर्व उडान भर्दा ओली र भट्ट सँगै बसे । जहाजमै ओली र भट्टको सामिप्यता लोभलाग्दो देखियो ।

झण्डै एकघण्टाको उडानमा भलाकुसारी गर्दै झापाको भद्रपुर विमानस्थल पुगे । भद्रपुरमा पनि ओली र भट्ट सँगसँगै ओर्लिए । स्वागत गर्न सुवास नेम्वाङ, भानुभक्त ढकाललगायत विमानस्थलमा लामबद्ध हुँदा जहाजबाट ओर्लिएका ओली अगाडि थिए, भने भट्ट पछाडि परे ।

यो कुरालाई नोटिस गरिरहेका ओलीले भट्टको हात तानेर आफूसँगै अगाडि ल्याए । आफूलाई खादा ओढाउँदा ओलीले स्वागत कार्यकर्तालाई लेखराजजी पनि हुनुहुन्छ भनेर स्वागतका लागि अघि सारे । नेता कार्यकर्ताले भट्टलाई खादा ‌ओढाएर स्वागत गरे । यो दृश्यले लेखराजलाई ओलीले कति महत्व दिएका भन्ने दर्शाउँछ ।

आइतबार दिनभर झापामा रहेका लेखराजले ओलीका साथै एमाले नेता कार्यकर्ताबाट राम्रै सम्मान पाए । बृहत् पार्टी प्रवेश कार्यक्रममा पनि उनी विशिष्ट अतिथि तथा वक्ताका रुपमा थिए ।

सम्बोधनका क्रममा उनले सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा ओलीलाई धन्यवाद पनि दिए र ओलीलाई नजिकबाट चिन्ने मौका दिएकोमा प्रचण्डलाई धन्यवादसम्म भन्न भ्याए ।

झापामा भट्ट ओलीको सामिप्यता र आतिथ्यमा मोहित भए नै अर्कोतिर ओलीले पार्टी पंक्ति तथा भट्टलाई ‘आफ्नै’को सन्देश पनि दिए ।

एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनलाई लिएर असन्तुष्टि चुलिएका बेला ओलीले भने भट्टलाई आफ्नै जिल्लामा आमन्त्रण गरी महत्व दिएर २ जेठमा जस्ताको तस्तै फर्किन नसकिने सन्देश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै