Comments Add Comment

Advertisment

SKIP THIS

एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शब भेटियो

१८ फागुन , काठमाडौ । कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा एक महिला र पुरुषको शव भेटिएको छ ।

कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो ।

बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरू दुवै जना छिमेकी हुन् । उनीहरुले के कारणले आत्महत्या गरे त्यसबारे केही नखुलेको प्रहरीले जनाएको छ ।
दुबैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै