Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी दिनेश घिमिरेको एक सय ७१ औं कविता : बाडिदिएँ आफ्नै ब्यथाहरू

मैले न प्रशंसा खोजे न त प्रचार
मनका रहेका दुईचार शब्दहरूमा
अलिकति आफ्नै कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।

अलिकति आफ्नै कथाहरूमा
मनमा रहेका दुईचार भाँवनाहरूले
आफ्नै रंगहरूमा कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।

आकारमा रहेका जलनहरूमा
मनमा रहेका दुईचार बिचारले
आफनै जीवनका कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।

दिनको राँपले बनाएका राँगहरूमा
मनमा रहेका दुईचार आँशाहरूले
आफ्नै जीवनमा अनुभूति भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।

मैले न कथा लेखे न कुनै कबिता
मनमा रहेका दुईचार भाँबहरूले
आफ्नै आखाँहरूमा बिश्वास भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।

जीवन शैलीमा आफ्नै अनुभवहरूको
संग्रहमा रहेका दुईचार कहानीहरूले
आफ्नै ब्यथाहरूमा शब्दहरू भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै