Comments Add Comment

Advertisment

SKIP THIS

महाशिवरात्रि सुरक्षा योजनाः एसएसपी गिरीको कमान्डमा प्रहरी परिचालन

१६ फागुन, काठमाण्डौं । महाशिवरात्री पर्वमा पशुपति मन्दिरमा आउने दर्शनार्थीको आवतजावतलाई सहज र सुरक्षित बनाउन पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी सुदीप गिरिले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपीको कमान्डमा रहने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । महाशिवरात्रि सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था तयार पारेको हो ।

विशेष सुरक्षा योजनाको प्रत्यक्ष निगरानी र सहजीकरण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्नेछ । सम्भावित सुरक्षा चुनौतीको निगरानीका लागि ठूलो संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको एसएसपीले बताएका छन् ।

भक्तजनको आवतजावतलाई सुरक्षित तथा व्यवस्थित गर्न सुरक्षा सतर्कता बढाइएको छ । जसका लागि ‘रिजर्व फोर्स’ मा रहेका प्रहरीलाई समेत परिचालन गरिएको छ । यस्तो फोर्स गौशाला प्रहरीवृत, विमानस्थल सुरक्षा कार्यालय, चाबहिल तथा गुह्वेश्वरीलगायत श्लेषमान्तक क्षेत्रमा तैनाथ हुनेछ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी सुदीप गिरीले महाशिवरात्री विशेष सुरक्षा योजनाको सबै तयारी पूरा भएको बताए । उनले भने, ‘गैरकानुनी क्रियाकलापअन्तर्गत मदिरा, गाँजा चरेसजस्ता लागुऔषध प्रयोगमाथि यसपटक पूर्ण नियन्त्रण गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment