Comments Add Comment

Advertisment

SKIP THIS

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीसँग थप दुई वर्षको सम्झौता

१० कार्तिक ,काठमाडौ । फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले थप दुई वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिने भएका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई दिएको जानकारी अनुसार आल्मुताइरीलाई नेपालमै राख्नेगरी कतार फुटबल फेडेरेसन र अखिल नेपाल फुटबल संघबीच दुई वर्षे सम्झौता भएको हो ।

आल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिमले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।

तर, एन्फाभित्र राजनीति र नेपाली मिडियाले अनावश्यक आलोचना गरेको भन्दै अल्मुताइरीले साफको फाइनलपछि नेपाल नफर्कने घोषणा गरेका थिए । उनले भारतविरुद्धको फाइनल खेल नै नेपालका लागि अन्तिम खेल भएको बताउँदै त्यहीँबाट घर फर्किएका थिए । अल्मुताइरी नेपाली फुटबल समर्थकका माझमा निकै लोकप्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै