Comments Add Comment

Advertisment

SKIP THIS

बोक्साबोक्सीको आरोपमा देवर भाउजूलाई मलमूत्र खुवाइयो

१२ कार्तिक, काठमाडौ । महोत्तरीमा स्थानीय महिलाहरुले बोक्सा–बोक्सीको आरोप लगाउँदै एक परिवारका सदस्यहरुलाई मलमुत्र खुवाएका छन् ।

महिलाहरुको एक समूहले महोत्तरीको औरही नगरपालिका वडा नम्बर ९ स्थित अगलेशरामा ५० वर्षीय एक पुरुष र ५५ वर्षीया महिलालाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् ।

मलमुत्र खुवाइएका महिला र पुरुष नातामा देवर–भाउजु पर्छन् । सो घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटेका प्रहरी टोलीले पीडितहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको छ ।

घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनले पीडितको जाहेरीको आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी तत्कालै कारबाही गरिने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको आचार्य जानकारी दिए ।

केही साता पहिले जिल्लाको महोत्तरी गाउँपालिकास्थित मडैँ गाउँमा बोक्सीकै आरोपमा एक महिलाको हत्या गरिएको थियो भने एक महिलालाई मलमूत्र खुवाइएको घटना सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै